भजनसंग्रह. 117. हे सारा राष्ट्रहरू हो, याहवेहको प्रशंसा गर; हे सारा जातिहरू हो, उहाँको जयजयकार गर! किनकि हामीप्रति उहाँको अचुक प्रेम अपार छ; र याहवेहको विश्‍वासयोग्यता सदासर्वदा रहिरहन्छ। याहवेहको प्रशंसा गर!