1 इतिहास. 6. लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी थिए। कहातका छोराहरू: अम्राम, यिसहार हेब्रोन र उज्जीएल थिए। अम्रामका छोराछोरीहरू: हारून, मोशा र मिरियम थिए। हारूनका छोराहरू: नादाब, अबीहू, एलाजार र ईतामार थिए। एलाजार पीनहासका पिता, पीनहास अबीशूका पिता, अबीशू बुक्‍कीका पिता, बुक्‍की उज्जीका पिता, उज्जी जरयाहका पिता, जरयाह मरायोतका पिता, मरायोत अमर्याहका पिता, अमर्याह अहीतूबका पिता, अहीतूब सादोकका पिता, सादोक अहीमासका पिता, अहीमास अजर्याहका पिता, अजर्याह योहानानको पिता, योहानान अजर्याहका पिता थिए, त्यही अजर्याह, जसले यरूशलेममा सोलोमनले बनाएको मन्दिरमा पुजारीको काम गरेका थिए। अजर्याह अमर्याहका पिता, अमर्याह अहीतूबका पिता, अहीतूब सादोकका पिता, सादोक शल्‍लूमका पिता, शल्‍लूम हिल्कियाहका पिता, हिल्कियाह अजर्याहका पिता, अजर्याह सरायाहका पिता, अनि सरायाह यहोसादाकका पिता थिए। याहवेहले नबूकदनेसरको हातद्वारा यहूदा र यरूशलेमलाई निर्वासनमा लैजानुहुँदा यहोसादाकलाई पनि निर्वासनमा लगियो। लेवीका छोराहरू: गेर्शोन, कहात र मरारी थिए। गेर्शोनका छोराहरूका नाम यिनै हुन्: लिब्नी र शिमी थिए। कहातका छोराहरू: अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए। मरारीका छोराहरू: महली र मूशी थिए। गेर्शोन सन्तानहरू: गेर्शोनका छोरा लिब्नी, लिब्नीका छोरा यहत, यहतका छोरा जिम्माह, जिम्माहका छोरा योआ, योआका छोरा इद्दो, इद्दोका छोरा जेरह, र जेरहका छोरा यातरै थिए। कहातका सन्तानहरू: कहातका छोरा अम्मीनादाब, अम्मीनादाबका छोरा कोरह, कोरहका छोरा अस्सीर अस्सीरका छोरा एल्काना, एल्कनाका छोरा एब्यासाप, एब्यासापका छोरा अस्सीर, अस्सीरका छोरा तहत, तहतका छोरा ऊरीएल, उरीएलका छोरा उज्जियाह, र उज्जियाहका छोरा शौल थिए। एल्कानाका छोराहरू: अमासै र अहीमोत थिए। अहिमोतका छोरा एल्काना, एल्कनाका छोरा सोफै, सोपेका छोरा नहत, नहतका छोरा एलिआब, एलिआबका छोरा यरोहाम, यहोरामका छोरा एल्काना, अनि एल्कानाका छोरा शमूएल थिए। शमूएलका छोराहरू: पहिलो योएल र दोस्रो छोरा अबीयाह थिए। मरारीका सन्तानहरू: महली छोरा लिब्नी, लिब्नीका छोरा शिमी, शिमीका छोरा उज्जाह, उज्‍जाका छोरा शिमीअ, शिमेअका छोरा हग्गियाह र हग्गियाहका छोरा असायाह थिए। परमेश्‍वरको सन्दुक याहवेहको भवनमा राखेपछि दावीदले याहवेहको भवनमा सङ्गीतको निम्ति जिम्मा दिएका मानिसहरू यिनै हुन्। सोलोमनले यरूशलेममा याहवेहको मन्दिर नबनाएसम्म ती मानिसहरूले समागम पाल र भेट हुने पालको अगाडि सङ्गीतद्वारा सेवाको काम गरे। तिनीहरूका निम्ति बनाइएका नियमअनुसार तिनीहरूले जिम्मेवारी पूरा गरे। तिनीहरूका छोराहरूसँग सेवा गर्ने मानिसहरू यिनै हुन्: कहातीहरूबाट: सङ्गीतकार हेमान, जो योएलका छोरा थिए, जो शमूएलका छोरा, जो एल्कानाका छोरा, जो यरोहामका छोरा, जो एलीएलका छोरा, जो तोआहका छोरा, जो सूपका छोरा, जो एल्कानाका छोरा, जो महतका छोरा, जो अमासैका छोरा, जो एल्कानाका छोरा, जो योएलका छोरा, जो अजर्याहका छोरा, जो सपन्याहका छोरा, जो तहतका छोरा, जो अस्सीरका छोरा, जो एब्यासापका छोरा, जो कोरहका छोरा, जो यिसहारका छोरा, जो कहातका छोरा, जो लेवीका छोरा, जो इस्राएलका छोरा थिए। अनि हेमानका सहकर्मी आसाप, जसले तिनको दाहिने हाततर्फ सेवा गर्थे: आसाप बेरेक्याहका छोरा, बेरेक्याह शिमेअका छोरा, जो मिखाएलका छोरा, जो बासेयाहका छोरा, जो मल्कियाहका छोरा, जो एत्नीका छोरा, जो जेरहका छोरा, जो अदायाहका छोरा, जो एतानका छोरा, जो जिम्माहका छोरा, जो शिमीका छोरा, जो यहतका छोरा, जो गेर्शोनका छोरा, जो लेवीका छोरा थिए। अनि तिनका बायाँ हाततर्फ तिनीहरूका सहकर्मी मरारीहरू: एतान कीशीका छोरा, जो अब्दीका छोरा, जो मल्‍लूकका छोरा, जो हशब्याहका छोरा, जो अमस्याहका छोरा, जो हिल्कियाहका छोरा, जो अम्सीका छोरा, जो बानीका छोरा, जो शेमेरका छोरा, जो महलीका छोरा, जो मूशीका छोरा, जो मरारीका छोरा, जो लेवीका छोरा थिए। तिनीहरूका लेवी दाजुभाइहरूलाई परमेश्‍वरको भवन, समागम पालका अरू सबै कामहरूको जिम्मा दिएको थियो। तर हारून र तिनका सन्तानहरूलेचाहिँ परमेश्‍वरको सेवक मोशाले दिएका सबै आज्ञाहरू बमोजिम इस्राएलको निम्ति प्रायश्‍चित गर्दै, महा-पवित्रस्थानमा गर्नुपर्ने सबै कामअनुसार होमबलिको वेदी र धूपको वेदीमा बलिदानहरू चढाउँथे। हारूनका सन्तानहरू यिनै थिए: हारूनका छोरा एलाजार, तिनका छोरा पीनहास, तिनका छोरा अबीशू, तिनका छोरा बुक्‍की, तिनका छोरा उज्जी, तिनका छोरा जरयाह, तिनका छोरा मरायोत, तिनका छोरा अमर्याह, तिनका छोरा अहीतूब, तिनका छोरा सादोक, तिनका छोरा अहीमास थिए। तिनीहरूका निम्ति छुट्ट्याइएका तिनीहरूका बस्‍ने ठाउँहरू यिनै थिए। (ती वासस्थानहरू कहाती वंशहरूबाट आएका हारूनका सन्तानहरूलाई दिइयो; किनकि पहिलो चिट्ठा तिनीहरूका निम्ति परेको थियो)। यहूदामा तिनीहरूलाई हेब्रोनका चारैतिरका खर्कहरूसमेत दिइयो। (तर सहरका चारैतिरका खेतहरू र गाउँहरूचाहिँ यपून्‍नेको छोरा कालेबलाई दिइयो)। यसरी हारूनका सन्तानहरूलाई हेब्रोन (शरण-नगर), लिब्ना, यत्तीर, एश्तमो, हीलेन, दबीर, आशान, युत्ता र बेथ-शेमेशलाई तिनीहरूका खर्कहरूसमेत दिइयो। अनि तिनीहरूलाई बेन्यामीनको कुलबाट गेबा, आलेमेत र अनातोत, अनि तिनीहरूका खर्कहरूसमेत दिइयो। कहातका बाँकी रहेका सन्तानहरूलाई चाहिँ मनश्शेको आधा कुलबाट दश वटा नगरहरू भाग लगाइदिए। गेर्शोनका सन्तानहरूलाई वंश-वंश गरी इस्साखार, आशेर, नप्‍ताली र बाशानमा बस्‍ने मनश्शे कुलको भागबाट तेह्र वटा नगरहरूलाई भाग लगाइदिए। मरारीका सन्तानहरूलाई वंश-वंश गरी रूबेन, गाद र जबूलूनका कुलहरूबाट बाह्र वटा नगरहरू भाग लगाइदिए। यसरी इस्राएलीहरूले लेवीहरूलाई यी नगरहरू र तिनीहरूका खर्कहरू दिए। यहूदा, शिमियोन र बेन्यामीन कुलहरूबाट तिनीहरूलाई माथि उल्‍लेखित गरिएका नगरहरू भाग लगाइदिए। कहातका केही वंशहरूलाई तिनीहरूका इलाकाको रूपमा एफ्राइम कुलका नगरहरूबाट दिइयो। एफ्राइमको पहाडी मुलुकमा शेकेम (शरण-नगर), गेजेर, योकमाम, बेथ-होरोन, अय्यालोन र गात-रिम्मोनको साथै तिनीहरूका खर्कहरूसमेत दिइयो। अनि इस्राएलीहरूले मनश्शेको आधा कुलबाट कहातका बाँकी वंशहरूलाई आनेर र बिलाम, तिनका खर्कहरूसमेत दिए। गेर्शोनीहरूले पाएका ठाउँहरू: मनश्शेको आधा कुलबाट तिनीहरूले बाशानमा गोलान र अस्तारोत, र तिनीहरूका खर्कहरूसमेत पाए। इस्साखारको कुलबाट तिनीहरूले पाएका नगरहरू: केदेश, दाबरत, रामोत र अनेम अनि तिनीहरूका खर्कहरूसमेत पाए; आशेरको कुलबाट तिनीहरूले पाएका ठाउँहरू: माशाल, अब्दोन, हूक्‍कोक, रहोब र तिनीहरूका खर्कहरूसमेत पाए। अनि नप्‍तालीको कुलबाट तिनीहरूले गालीलमा केदेश, हम्मोन, किर्यातैम, अनि तिनीहरूका खर्कहरूसमेत पाए। मरारीहरूले (लेवीहरूका बाँकी रहेकाहरूले) पाएका ठाउँहरू यिनै हुन्: जबूलूनको कुलबाट तिनीहरूले योकन्याम, कर्ताह, रिम्मोनो र तबोर, र तिनीहरूका खर्कहरूसमेत पाए; रूबेनको कुलबाट यरीहोको पूर्वमा यर्दनपारि उजाडस्थानमा बेसेर, यहसाह, कदेमोत, मेपात र तिनीहरूका खर्कहरूसमेत पाए; अनि गादको कुलबाट तिनीहरूले गिलादको रामोत, महनाइम, हेश्बोन, याजेर र तिनीहरूका खर्कहरूसमेत पाए।