1 इतिहास. 2. इस्राएलका छोराहरू यिनै थिए: रूबेन, शिमियोन, लेवी, यहूदा, इस्साखार, जबूलून, दान, योसेफ, बेन्यामीन, नप्‍ताली, गाद र आशेर थिए। यहूदाका छोराहरू: एर, ओनान र शेलह। यी तीन जना छोराहरूकी आमाचाहिँ कनानी स्त्री शूआ थिइन्। (यहूदाका जेठा छोरा एर याहवेहको दृष्‍टिमा दुष्‍ट थिए। यसकारण याहवेहले तिनलाई मार्नुभयो।) यहूदाकी बुहारी तामारले तिनको निम्ति पेरेस र जेरहलाई जन्माइन्। पेरेसका छोराहरू: हेस्रोन र हामूल। जेरहका छोराहरू: जिम्री, एतान, हेमान, कलकोल र दर्दा, गरेर जम्मा पाँच जना। कर्मीका छोरा: आकार, जसले अर्पण गरिएका थोकहरू लिएर आज्ञा उल्‍लङ्घन गरी इस्राएलमाथि विपत्ति ल्याएका थिए। एतानका छोरा: अजर्याह। हेस्रोनका छोराहरू यिनै थिए: यरहमेल, राम र कालेब। राम अम्मीनादाबका पिता थिए; अनि अम्मीनादाबचाहिँ नहशोनका पिता थिए, जो यहूदाका मानिसहरूका अगुवा थिए। नहशोन सल्मोनका पिता थिए; सल्मोन बोअजका पिता थिए। बोअज ओबेदका पिता थिए; र ओबेद यिशैका पिता थिए। यिशै यिनीहरूका पिता थिए: पहिलो छोरा एलिआब; दोस्रो छोरा अबीनादाब, तेस्रो छोरा शिमेअ, चौथो नथनिएल, पाँचौँ रद्दै, छैटौँ ओसेम र सातौँचाहिँ दावीद थिए। तिनीहरूका बहिनीहरू सरूयाह र अबीगेल थिए। सरूयाहका तीन जना छोराहरू थिए—अबीशै, योआब र असाहेल थिए। अबीगेलचाहिँ अमासाकी आमा थिइन्। अमासाका पिता इश्माएली येतेर थिए। हेस्रोनका छोरा कालेबकी पत्नी अजूबा (र यरीओत) बाट छोराहरू भए। तिनका छोराहरू यिनै हुन्: येशेर, शोबाब र अर्दोन थिए। जब अजूबाको मृत्यु भयो, तब कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्ति हूरलाई जन्माइन्। हूर ऊरीका पिता थिए; अनि ऊरीचाहिँ बजलेलका पिता थिए। हेस्रोन साठी वर्ष पुग्दा, तिनले गिलादका पिता माकीरकी छोरीसँग विवाह गरे। हेस्रोनले तिनीसँग सहबास गरे, र तिनले हेस्रोनका निम्ति सगूबलाई जन्माइन्। सगूब याईरका पिता थिए, जसले गिलादका तेईस वटा सहरहरूमा शासन गर्दथे। (तर गेशूर र अरामले हव्वोत-याईर र केनातका, साथै त्यसका चारैतिरका गाउँहरू र साठी वटा नगरहरूसमेत कब्जा गरेका थिए।) कालेब-एप्रातामा हेस्रोनको मृत्यु भएको केही समयपछि तिनकी पत्नी अबीयाहले तिनका निम्ति अशहूरलाई जन्माइन्, जो तकोका पिता थिए। हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू: जेठा छोरा राम, र बूना, ओरेन, ओसेम र अहीयाह। यरहमेलकी अर्की पत्नी थिइन्, जसको नाम अतारा थियो; तिनी ओनामकी आमा थिइन्। यरहमेलका जेठा छोरा रामका छोराहरू: मास, यामीन र एकेर। ओनामका छोराहरू: शम्मै र यादा। शम्मैका छोराहरू: नादाब र अबीशूर। अबीशूरकी पत्नीको नाम अबीहेल राखिएको थियो, जसले तिनका निम्ति अहबान र मोलीदलाई जन्माइन्। नादाबका छोराहरू: सेलेद र अप्पेम। सेलेद निःसन्तान नै मरे। अप्पेमका छोरा: यिशी, जो शेशानका पिता थिए। शेशानचाहिँ अहलैका पिता थिए। शम्मैका भाइ यादाका छोराहरू: येतेर र जोनाथन। येतेरचाहिँ निःसन्तान नै मरे। जोनाथनका छोराहरू: पेलेत र जाजा। शेशानका छोराहरू थिएनन्, छोरीहरू मात्र थिए। तिनको यर्हा नाम भएको एउटा इजिप्टियन सेवक थियो। अनि शेशानले यही यर्हासँग आफ्नी छोरीलाई विवाह गरिदिए। तब तिनले अत्तैलाई जन्माइन्। अत्तै नातानका पिता थिए; र नातान जाबादका पिता थिए; जाबाद एपलालका पिता थिए; एपलाल ओबेदका पिता थिए; ओबेद येहूका पिता थिए; येहू अजर्याहका पिता थिए, अजर्याह हेलेसका पिता थिए; हेलेस एलासाका पिता थिए, एलासा सिस्मैका पिता थिए; सिस्मै शल्‍लूमका पिता थिए; शल्‍लूम यकम्याहका पिता थिए; र यकम्याह एलीशामाका पिता थिए। यरहमेलका भाइ कालेबका छोराहरू: जेठा छोरा मेशा, जो जीपका पिता थिए; अनि दोस्रो मारेशा, जो हेब्रोनका पिता थिए। हेब्रोनका छोराहरू: कोरह, तप्पूह, रेकेम र शेमा। शेमा रहमका पिता थिए; र रहमचाहिँ योर्कामका पिता थिए। रेकेम शम्मैका पिता थिए। शम्मैका छोरा माओन थिए; र माओनचाहिँ बेथ-सूरका पिता थिए। कालेबको उपपत्नी एपाचाहिँ हारान, मोस र गाजेजको आमा थिइन्। हारानचाहिँ गाजेजका पिता थिए। यहदैका छोराहरू: रेगेम, योताम, गेशान, पेलेत, एपा र शाप। कालेबकी उपपत्नी माकाचाहिँ शेबेर र तिर्हानाकी आमा थिइन्। तिनले मदमन्‍नाका पिता शाप र मक्बेना र गेबाका पिता शेबालाई पनि जन्माइन्। कालेबकी छोरी अक्सा थिइन्। कालेबका सन्तानहरू यिनै थिए। एप्राताका जेठा छोरा हूरका छोराहरू: किर्यत-यारीमका पिता शोबाल। बेथलेहेमका पिता सल्मा र बेथ-गादेरका पिता हारेप। किर्यत-यारीमका पिता शोबालका सन्तानहरू यिनै थिए: हारोए, मनुहोतीहरूका आधा भाग, अनि किर्यत-यारीमका वंशहरू: यित्रीहरू, पूतवंशीहरू, शुमातीहरू र मिश्राईहरू। यिनीहरूबाट नै सोरातीहरू र एश्तोलीहरूका वंश आएका हुन्। सल्माका सन्तानहरू: बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, मानहतीहरूका आधा भाग, सोरीहरू, अनि याबेसमा बस्‍ने शास्त्रीहरूका वंशहरू: तिरातीहरू, शिमातीहरू र सुकातीहरू। केनीहरू यिनै हुन्, जो रेकाबीहरूका पुर्खा हम्मतबाट आएका थिए।