भजन. 150. परमप्रभुको प्रशंसा गर! परमप्रभुलाई उहाँको मन्दिरमा प्रशंसा गर! उहाँको शक्तिको स्वर्गमा प्रशंसा गर! परमप्रभुले गर्नु भएको महान् कार्यहरूका निम्ति उहाँको प्रशंसा गर। उहाँको सारा महानता अनुसार, उहाँको प्रशंसा गर! नरसिंहा र तुरही फुकेर परमेश्वरको प्रशंसा गर! वीणाहरू बजाएर उहाँको प्रशंसा गर। खैंजडीहरू बजाउँदै नाच्दै परमेश्वरको प्रशंसा गर। तारहरूले बनिएको वादनद्वारा उहाँको प्रशंसा गर। बाँसुरीहरू बजाएर उहाँको प्रशंसा गर! झ्यालीहरू जोड-जोडले बजाएर परमेश्वरको प्रशंसा गर! झ्यालीहरूको गर्जनपूर्ण आवाजले उहाँको प्रशंसा गर! प्रत्येक जीवित प्राणीले उहाँको प्रशंसा गर। परमप्रभुको प्रशंसा गर!