भजन. 117. हे सबै जातिका मानिस हो, परमप्रभुको प्रशंसा गर। हे सबै मानिसहरू हो, परमप्रभुको प्रशंसा गर। परमेश्वरले हामीलाई असाध्यै प्रेम गर्नुहुन्छ! अनि परमेश्वर सदा-सर्वदाको निम्ति हाम्रो विश्वासयोग्य हुनुहुनेछ! परमप्रभुको प्रशंसा गर!