1 इतिहास. 24. हारूनका छोराहरूका समूहहरू यी थिएः हारूनका छोराहरू नादाब, अबीहू, एलाजार अनि ईतामार थिए। तर नादाब र अबीहू आफ्ना पिताको मृत्यु हुन भन्दा अघिनै मरे। अनि नादाब र अबीहूका छोराहरू थिएनन्। यसर्थ एलाजार अनि ईतामारले पूजाहारीको रूपमा काम गरे। दाऊदले एलाजार र ईतामारका परिवार समूहलाई दुइ भिन्न समूहहरूमा विभाजन गरे। दाऊदले यसो गरे की समूहहरूले तिनीहरूलाई गर्न दिइएका कार्यहरू गर्न सकुन्। दाऊदले सादोक र अहीमेलेकको सहायताद्वारा यसो गरे। सादोक एलाजारका सन्तान थिए। तर अहीमेलेक ईतामारका सन्तान थिए। एलाजारका परिवारमा ईतामारका परिवारमा भन्दा धेरै मुखियाहरू थिए। एलाजारका परिवामा सोह्रजना मुखियाहरू थिए अनि ईतामारका परिवारमा आठजना मुखियाहरू थिए। मानिसहरू हरेक परिवारमा चुनिएका थिए। तिनीलाई चिट्ठाद्वारा चुनिएको थियो। केही मानिसहरूलाई पवित्र स्थानको जिम्मालिनको निम्ति चुनिएको थियो। अनि अन्य मानिसहरूलाई पूजाहारीको रूपमा सेवा गर्नको निम्ति चुनिएको थियो। यी सबै मानिसहरू एलाजार अनि ईतामारका परिवारहरूबाट थिए। शमायाह मुखिया थिए। तिनी नतनेलका छोरा थिए। शमायाह लेवी कुल समूहबाट थिए। शमायाहले ती सन्तानहरूका नाउँ लेखेका थिए। तिनीले ती नाउँहरू राजा दाऊद अनि यी मुखियाहरूका सामुन्ने लेखेका थिएः पूजाहारी सादोक, अहीमेलेक अनि पूजाहारीहरू र लेवीहरूका परिवार-परिवारका मुखियाहरू। अहीमेलेक अबियाथारका छोरा थिए। हरेक पल्ट चिट्ठा लगाउँथे अनि एक व्यक्ति छानिन्थ्यो, र शमायाहले त्यस व्यक्तिको नाउँ लेख्थे। यसरी तिनीहरूले एलाजार अनि ईतामारको परिवारका मानिसहरू बीच काम विभाजन गरिदिएको थियो। पहिलो यहोयारीबको दल थियो। दोस्रो दल यदायाहको थियो। तेस्रो हारीमको दल थियो। चौथो दल सोरीमको थियो। पाँचौं मल्कियाहको दल थियो। छैटौं दल मियामीनको थियो। सातौं हक्कोसको दल थियो। आठौं दल अबियाको थियो। नवौं येशूअको दल थियो। दशौं दल शकन्याहको थियो। एघारौं एल्यासीबको दल थियो। बाह्रौं दल याकीमको थियो। तेह्रौं हुप्पाको दल थियो। चौधौं दल येशेबाबको थियो। पन्ध्रौं बिल्गाको दल थियो। सोह्रौं दल इम्मेरको थियो। सत्रौं हेजीरको दल थियो। अठारौं दल हप्पिसेसको थियो। उन्नाईसौं पतहियाहको दल थियो। बीसौं दल यहेजकेलको थियो। एक्काईसौं याकीनको दल थियो। बाईसौं दल गमूरालको थियो। तेईसौं दलायाहको दल थियो। चौबीसौं दल माज्याहको थियो। यी परमप्रभुको मन्दिरमा सेवा गर्नका निम्ति छानिएका दलहरू थिए। तिनीहरूले मन्दिरमा सेवा गर्नका निम्ति हारूनका विधि-विधानहरू पालन गरे। परमप्रभु इस्राएलका परमेश्वरले ती विधानहरू हारूनलाई दिनु भएको थियो बाँकी रहेका लेवीका सन्तानहरूका नाउँ यी हुन्: अम्रामका सन्तानबाट शूबाएल शूबाएलका सन्तानबाट येहदयाह। रहब्याहका सन्तानबाटः यिशियाह यिशियाह सबै भन्दा जेठो छोरो थिए। यिसहार वंशबाटः शलोमोत। शलोमोतका वंशबाटः यहत। हेब्रोनका सबै भन्दा जेठा छोरा यरियाह थिए। अमर्याह हेब्रोनका माहिला छोरा थिए। यहजीएल तिनका साँहिला छोरा अनि यक्माम कान्छा छोरा थिए। उज्जीएलका छोरा मीका थिए। मीकाका छोरा शमीर थिए। यिश्याह मीकाका भाइ थिए। यिश्याहका छोरा जकर्याह थिए। मरारीक सन्तानहरू महली, मूशी र तिनका छोरा यजियाह थिए। मरारीका छोराहरू यजियाबाटः बनो, शोहम जक्कूर र इब्री नाउँका थिए। महलीका छोरा एलाजार थिए। तर एलाजारका छोराहरू थिएनन्। कीशका कीशबाट छोरा यरहमेल थिए। मूशीका छोराहरू महली, एदेर अनि यरीमोत थिए। ती लेवी परिवारहरूका मुखियाहरू हुन्। तिनीहरूको नाउँ आ-आफ्ना परिवारहरूका सूचीमा लेखिएको छ। तिनीहरू विशेष कार्य गर्नका निम्ति चुनिएका थिए। तिनीहरूले पनि आफ्ना पूजाहारीहरूले झैं चिट्ठाहाल्थे। पूजाहारीहरू हारूनका सन्तान थिए। तिनीहरूले राजा दाऊद, सादोक, अहीमेलेक अनि पूजाहारीहरू अगुवाहरू अनि लेवीहरू समक्ष चिट्ठा हाले। जब तिनीहरूलाई कार्य गर्नको निम्ति चुने तर ठूला र साना परिवारहरूलाई एकै प्रकारको व्यहार गरे।