1 इतिहास. 8. बिन्यामीन बेलाका पिता थिए। बेला बिन्यामीनका जेठा छोरा थिए। असबेल बिन्यामीनका माहिला छोरा थिए। अहरह बिन्यामीनका साँहिला छोरा थिए। नोहा बिन्यामीनका काँहिला छोरा थिए अनि रफा बिन्यामीनका कान्छा छोरा थिए। बेलाका छोराहरू अद्दार, गेरा, अबीहूद, अबीशू, नामान, अहोह, गेरा शपूपान अनि हुराम थिए। यी एहूदका सन्तानहरू थिए। तिनीहरू गेबामा तिनीहरूका परिवारका अगुवाहरू थिए? तिनीहरूलाई आफ्ना घर छाड्न अनि मनहतमा जान बाध्य तुल्याइएको थियो। एहूदका सन्तानहरू नामान, अहियाह अनि गेरा थिए गेराले तिनीहरूलाई घर छाड्न कर लगाए। गेरा उज्जा अनि अहीहूदका पिता थिए। शहरेमले आफ्नी पत्नीहरू हूशीम अनि बारालाई मोआबमा त्यागपत्र दिए। तिनले यसो गरे पछि अर्को पत्नीबाट केही छोरा-छोरीहरूको जन्म भयो। शहरेमका योबाब, सिब्या, मेशा, मल्काम, यूस, साकिया अनि मिर्मा तिनकी पत्नी होदेशबाट जन्मिए तिनीहरू आफ्ना परिवारहरूका प्रधानहरू थिए। शहरेम अनि हुशीमका अबीतूब अनि एल्पाल नाउँका दुइ छोराहरू भए। एल्पालका छोराहरू एबेर, मिशाम, शेमेद, बरीअ अनि शेमा थिए। शेमेदले ओनो र लोद शहरहरू अनि लोदको वरिपरि सा-साना शहरहरू बसाए। बरीआ अनि शेमा अय्यालोनमा बस्ने परिवा-परिवारका अगुवाहरू थिए। ती छोराहरूले गातमा बस्ने मानिसहरूलाई गात छाड्न बाध्य गराए। बरीआका छोराहरू, अहियो शाशक अनि यरेमोत थिए। जबदियाह, अराद, एदेर, मिखाएल, यिश्पा अनि योहा थिए। एल्पालका छोराहरू जबदियाह, मशुल्लाम, हिज्की, शेबेर, यिश्मरै, यिज्लीआ अनि योबाब थिए। शिमीका छोराहरू याकीम, जिक्री, जब्दी, एलीएनै, सिल्लतै, एलीएल, अदायाह, बरायाह अनि शिम्रात थिए। शाशकका छोराहरू- यिश्मान, एबेर, एलीएल, अब्दोन, जिक्री, हानान, हनन्याह एलाम, अन्तोतियाह, यिपदिया अनि पनूएल थिए। यरोहामका छोराहरू- शम्शरै, शहर्याह, अतल्याह, यारेश्याह, एलिया अनि जिक्री थिए। यी सबै मानिसहरू आफ्ना परिवारहरूका अगुवाहरू थिए। तिनीहरूको नाउँ तिनीहरूको वंशावलीको सूचीमा प्रधानहरूको रूपमा राखिएका छन्। तिनीहरू यरूशलेममा बस्थे। यीएल गिबोनका पिता थिए। तिनी गिबोन शहरमा बस्थे। यीएलकी पत्नीको नाउँ माका थियो। यीएलका सबै भन्दा जेठा छोरा अब्दोन थिए। अन्य छोराहरू शूर, कीश, बाल, नेर, नादाब, गदोर अहियो, जेकेर अनि मिक्लोत थिए। मिक्लोत शिमाका पिता थिए। यी छोराहरू पनि यरूशलेममा आफ्ना आफन्तहरूका नजिकमा बस्थे। नेर कीशका पिता थिए। कीश शाऊलका पिता थिए अनि शाऊल जोनाथन, मल्कीशू, अबीनादाब अनि एश्बालका पिता थिए। जोनाथनको छोरा मरिब्बाल थिए। मरिब्बाल मीकाका पिता थिए। मीकाका छोराहरू पीतोन, मेलेक, तारे अनि आहाज थिए। आहाज यहोअदाका पिता थिए। यहोअदा आलेमेत, अज्मावेत अनि जिम्रीका पिता थिए। जिम्री मोसाका पिता थिए। मोसा बिनाका पिता थिए। रापा बिनाका छोरा थिए। एलासा रापाहका छोरा थिए अनि आसेल एलासाका छोरा थिए। आसेलका छःजना छोराहरू थिए। तिनीहरूका नाउँ अज्रीकाम, बोकरू, इश्माएल, शार्याह, ओबदियाह अनि हानान थियो। यी सबै आसेलका छोरा छोरीहरू थिए। आसेलका भाइ एशेक थिए। एशेकका केही छोराहरू थिए। यी एशेकका छोराहरू थिएः ऊलाम एशेकका जेठा छोरा थिए। येऊश एशेकका माहिला छोरा थिए। एलीपेलेत एशेकका कान्छा छोरा थिए। ऊलामका छोराहरू बलवान सैनिकहरू थिए जो धनु काँड चलाउनमा खूबै सिपालु थिए। तिनीहरूका धेरै छोराहरू अनि नातिहरू थिए। सबै जम्मा 150 जना छोरा र नातिहरू थिए। यी सबै मानिसहरू बिन्यामीन कुलका थिए।